जोडिनुहोस
  • होमपेज
  • चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं।चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थापाविरुद्ध चलचित्र ‘प्रसाद २’ को आपराधिक विश्वासघात आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

सोही आरोपमा पक्राउ पुर्जी जारी भएका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परिसकेका छन् ।

चलचित्र ‘प्रसाद २’ स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानी पुर्‍याएको उजुरी परेपछि अग्रवाल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले जाहेरी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका