जोडिनुहोस
  • होमपेज
  • डोल्पाको प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका १६ वटा सिँडीमा तोडफोड

डोल्पाको प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका १६ वटा सिँडीमा तोडफोड

डोल्पा। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडी तोडफोड भएको छ ।

अज्ञात समुहद्धारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो ।

हिन्दूहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँडिका ढुगांहरु हतौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए । कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

यसअघि पनि अज्ञात समुहरुले मन्दिरका सिँडी तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो ।
त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका