जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । दे

वकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवै जनाको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका