जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिलाई धक्की दिने वृद्धको एफबीआईद्वारा गोली हानी हत्या

अमेरिकी राष्ट्रपतिलाई धक्की दिने वृद्धको एफबीआईद्वारा गोली हानी हत्या

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने एक वृद्धलाई बुधवार एफबीआईका एजेन्टले गोली हानी हत्या गरेका छन् । बाइडेनले पश्चिमी राज्यको यात्रा गर्नु केही घण्टा अघि उनको हत्या गरिएको हो ।

साल्ट लेक सिटीको दक्षिणको प्रावो सहरमा संदिग्धको निवासमा गिरफ्तारी र अनुसन्धानको वारेन्ट दिने कोसिसको क्रममा उनी मारिएको सङ्घीय अनुसन्धान ब्युरोले पुष्टि गरेको छ ।

ब्युरोले अनुसन्धान जारी रहेको भन्दै मारिएका व्यक्तिको परिचय दिन अस्वीकार गरेको छ तर युटामा सङ्घीय अभियोजकद्वारा दर्ता गरिएको उजुरीमा उनको नाम क्रेग रोबर्टसन बताइएको थियो ।

उजुरीका अनुसार करिब ७० वर्षका रोबर्टसनले आफूलाई ‘एमएजीए ट्रम्पर’ बताउने गर्थे । उनले सोसल मिडिया पोस्टमार्फत बाइडेनलाई बारम्बार धम्की दिन्थे ।

रोबर्टसनले यस हप्ता एक पोस्टमा भनेका थिए, ‘बाइडेन युटा आइरहेका छन् भन्ने सुनेँ । एम२४ स्नाइपर राइफलबाट धुलो झारिरहेको छु । वेलकम (एसआइसी), बफुन–इन–चिफ ।’

उजुरीमा बताइए अनुसार बाइडेनबाहेक रोबर्टसनले उपराष्ट्रपति कमला ह्यारिस र अमेरिकी अटोर्नी जनरल मेरिक गारल्याण्डविरुद्ध पनि धम्की दिएका थिए । एउटा पोस्टमा उनले लेखेका थिए, ‘राष्ट्रपतिको वा यी दुई व्यक्तिको हत्याका लागि यो सही समय हो । सुरुमा जो, त्यसपछि कमला !!!’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका