जोडिनुहोस
  • होमपेज
  • नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता

नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता

नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाले पुनः तोकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३९१५० बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो ।

‘प्रस्तुत विषयमा काठमाडौँ महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३९१५० मा व्यवस्था भए बमोजिम १ दशमलव २ मिटर अग्लो पर्खाल र सो माथि ० दशमलव ६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नुहुन आग्रह गर्दछौँ’ महानगरपालिको जारी पत्रमा भनिएको छ ।

यसअघि सोही ब्यहोराको पत्र मिति २०८० र ०९ र १३ द्वारा पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो । तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा पुनः ताकेता पत्र लेखिएको महानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका