जोडिनुहोस
  • होमपेज
  • जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

मनोरञ्जन

जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

रामेछापको पर्यटन प्रवद्धन गर्न सिंजालीले देखेको सपनाको संर्घष

  • Sagarmatha TV
  • बिहिबार, साउन ३२, २०८०
जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवद्र्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण गर्न दोस्रो संस्करणमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुन लागेको हो ।

संगीत प्रवद्र्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा समावेश गरिने जनाइएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।

अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा हुने जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि खुला आवेदन अब १५ दिनसम्म मात्र रहने छ । यसका लागी अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले आगामी १५ दिन भित्र फारम भरिसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकाश तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले बताएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रमलाई ओला क्याफेका सञ्चालक हरि पुडासैनी लगायत अतिथीले सफलताको शुभकामना दिएका थिए ।

यसरी जन्मियो जीवन्त म्युजिक अवार्ड
करिब २ बर्ष अघि गायक तथा स्रष्टा सिजम सिंजाली हातमा अग्लेश्वरी सैलुङ र खाँडादेबी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो सपनाको कागज बोकेर नचाहारेको कुनै ठाउँ थिएन । उनी २०७८ को भदौदेखि पुषसम्म निकै दौडधुपमा व्यस्त थिए ।

सिंजाली जहाँ पुग्थे उनको एउटै माग हुन्थ्यो, रामेछापको दोरम्बा, शैलुङ सुनापति र खाडादेबि गाउँपालिका भित्र प्रर्ने प्रचुर मात्रामा सम्भावना बोकेको ठाँउहरुको चिनारी साथै अग्लेश्वरीलाई धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने । यहि उदेश्यले सिजांलीले एउटा कोष बनाए, अग्लेशोरी हिल्स् विकास कोष । सिंजाली संस्थापक अध्यक्ष रहेको कोषको उदेश्य थियो, चारैतिर मुहार भएको संसारकै अग्लो बुद्धको प्रतिमा, अग्लेश्वर महादेवको प्रतिमा, चारधाम, सिसाको पुल, खेलकुद पार्क निर्माण गर्ने । तर सिंजाली एक्लैले ५ अर्बको प्रोजेक्ट धान्न लगानी जुटाउन सम्भव थिएन । त्यसैले उनले आफ्नो गायक, कलाकार र स्रष्टाको परिचयलाई सदुपयोग गरेर एक कार्यक्रम गर्ने सोच बनाए ।

सिंजालीले २०७८ पुषमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ नामक एक भव्य अवार्ड कार्यक्रमको आयोजना गरे । काठमाडौंको सोल्टी होटलमा आयोजित पहिलो अवार्ड समारोहमा गीत–संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो भने गीतकार श्रवण मुकारुङ, संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा बेस्ट मोडल अफ द इयरको अवार्ड चुम्न सफल भएका थिए । त्यसैगरी विक्रम धमला जुरी अवार्ड, क्याडी श्रेष्ठ डायस्पोरा पप संगीतकार र गायक विधाको अवार्ड र विकास धमला भिडियो सम्पादक विजेता भएका थिए ।

बिहिबार त्यहि अवार्ड कार्यक्रमको दोस्रो संस्करणमा आफुहरु जुटेको सिंजालीले हर्षसाथ पत्रकार सम्मेलनमार्फत जानकारी गराए । दोस्रो संस्करण असोजदेखि मंसिर भित्रमा गरिसक्ने योजना बनेको छ । जुन कार्यक्रमको पहिलो संस्करणमा उनी एक्लो थिए अब भने उनीसंग सहयात्री र सहयोगी हात जुट्ने क्रम बढेको छ । उनको सपना पृुरा गर्न अहिले दर्जन बढि सदस्यहरु उनको सपनामा काम गर्न तयार भएका छन् ।

दोस्रो संस्करणको अवार्ड कार्यक्रममा स्थानीय पालिका लगायत विभिन्न संघ संस्था समेतको सहभागिता हुनेमा कोष आशावादी छ । अग्लेश्वर हिल्स् र सैलुङ क्षेत्रको विकास गर्न कोषका अध्यक्ष सिंजाली चलचित्र छायाँकन देखि घुमघामको लागि गन्तव्य बनाउने मनसायमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका