जोडिनुहोस
  • होमपेज
  • सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट

सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट

काठमाडौं । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।

सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।

सन्दीपले दोस्रो स्थानमा झारेका खानपछि अष्ट्रेलियाका मिचेल स्टार्क तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप पछि नेपालबाट एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४४ खेलमा ६१ विकेट लिएका छन् ।

सन्दीपले २०१८ अगस्ट १ का दिन खेलिएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए । सन्दीपले नेपालको लागि १४ ओडिआई खेलमा कप्तानी गरेका छन् ।

सन्दीपले टी-ट्वान्टी अन्तराष्ट्रियमा ४३ खेलमा ८५ विकेट लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका