जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्रीले सोधे तीनवटा सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

अर्थमन्त्रीले सोधे तीनवटा सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् ।

कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीलाई अर्थमन्त्रीले शुक्रबार मन्त्रालयमै बोलाएका थिए ।

अर्थमन्त्री महतले उनीहरूसँग सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै स्पष्टीकरण सोधेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

तर, उनीहरूले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको जवाफ अर्थमन्त्रीलाई दिएका छन् । स्रोतका अनुसार कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका