जोडिनुहोस
  • होमपेज
  • विश्वकप लिग- २: युएइलाई हराए नेपालको ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का

विश्वकप लिग- २: युएइलाई हराए नेपालको ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का

काठमाडौँ – आइसिसी विश्वकप लिग— २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आइतबार घरेलु टोली नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरव इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ।

आज बिहान ९:३० बाट टियू मैदान कीर्तिपुरमा हुने खेल आत्माविश्वासी नेपालका लागि निकै महत्वपूर्ण हुनेछ। यो खेल जितेमा नेपालले दुई खेल अगावै आगामी ४ वर्षका लागि एकदिवसीय मान्यतालाई कायम राख्नेछ भने विश्वकपको सोझै छनोटको आसालाई पनि कायम राख्नेछ।

नेपालले युएईलाई पराजित गरेमा अमेरिकालाई पछिपार्दै चौंथो स्थानमा उक्लिने छ। त्यसोत यो खेल नेपालका लागिभन्दा युएईका लागि गर या मरका रुपमा रहेको छ। युएईलाई शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ। नेपालसँग पराजित भएको खण्डमा युएईको एकदिवसीय वरियता यसै सिरिजबाट जोगिने सम्भावना समाप्त हुनेछ।

हेड टु हेड

नेपालले युएई विरुद्ध ११ एकदिवसीय खेल खेलेको छ। जसमा नेपाल ५ खेलमा जित निकाल्दा ६ खेलमा पराजित भएको छ। नेपालले लिग २ मा युएईसँग चार खेल खेल्दा एक खेलमा मात्रै हराएको छ। पछिल्ला पाँच खेलमा नेपालले तीन खेलमा हराएको छ। युएईलाई उसकै मैदानमा केहि दिन अघि पराजित गरेको नेपालको युएईविरुद्ध लिग(२ को पहिलो जित हो।

नेपालले जिते अमेरिकालाई राहत
जारी विश्वकप लिग—२ मा स्कटल्यान्ड सम्पूर्ण खेल खेल्दै ५० अङ्ककका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दा ओमानले पनि सबै खेल खेल्दै ४४ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकप छनोटमा सोझै स्थान बनाइसकेका छन्। यस्तोमा नामिबिया भने ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ। बाँकी सबै खेल जितेमा नेपालले उसलाई पछि पार्ने भएकाले नामिबिया कम्तिमा नेपालको एक हारको कामना गरेर बसिरहेको छ।

अमेरिकाले पनि लिग—२ का सबै ३६ खेल खेलेर ३५ अंकका साथ चौथो स्थानमा छ। उसको विश्वकपमा सोझै छनोटको सम्भावना सकिएपनि एकदिवसीय वरियता कायम राख्नका लागि युएईको कम्तिमा एक हारको कामना गरेर बसेको छ। यदि युएईले बाँकी सबै तीन खेल जितेमा र नेपालले पिएनजीसँगको १ खेल जितेमा अमेरिकाको एकदिवसीय वरियता यो सिरिजमा जोगिने छैन्। त्यसैले युएई अब बाँकी तीन मध्ये कम्तिमा एक खेल हारोस भन्ने कामना गरेर बसेको छ।

नेपाल ३३ खेलमा ३४ अंकका साथ पाँचौं स्थानमा छ। नेपालसँग विश्वकपको सोझै छनोटसँगै एकदिवसीय वरियता जोगाउने दुबै विकल्प खुल्ला छन। नेपालले आइतबार युएईलाई हराएमा अमेरिकाको पनि एकदिवसीय वरियता जोगिने छ।

युएईको ३३ खेलबाट ३१ अंक रहेको छ। उ अङ्क तालिकाको छैटौं स्थानमा रहेको छ। पपुवा न्युगिनी ३४ खेलमा ११ अंक जोड्दै पुछारमा छ। उसलाई जित या हारले लिगमा कुनै अर्थ राख्ने छैन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका