जोडिनुहोस
  • होमपेज
  • त्रिशुली नदीमा भएको बस दुर्घनामा परी ज्यान गुमाउनेप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

त्रिशुली नदीमा भएको बस दुर्घनामा परी ज्यान गुमाउनेप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सवारी दुर्घटनामा परी ज्यान गुमाउने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका हुन् । साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका