जोडिनुहोस
  • होमपेज
  • वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीमा उजुरी दिए ।

वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीसमक्ष उजुरी दिएका हुन् ।नगरप्रमुख साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

साम्पाङ अदालतले वृक्षारोपण नगर्न आदेश दिएको सर्दु जलाधार क्षेत्रमा दलबलसहित वृक्षरोपण गर्न गएका थिए । उक्त जग्गा व्यक्तिगत हो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो । उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङले ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै नगर प्रमुख साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस दिएका थिए ।

अदालतको आदेश बेवास्ता गर्दै पुनः वृक्षरोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए । सो भिडियोमा साम्पाङलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति थिए । धरान–४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।

गत साउन ६ गते शनिबार नगरप्रमुख साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षरोपण गरेका थिए । सो जग्गाको रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको छ । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै साम्पाङले अभियन्तासहित वृक्षरोपण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका