जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छः नेपाल प्रहरी

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छः नेपाल प्रहरी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गर्ने क्रम पनि बढेको बताए । उनले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरिएको बताए । उनले बैङ्क खातामा अनधिकृत पहुँच पु-याइ रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराए ।

उनले भने, ‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले ८ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौँ । एक नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा ५ हजार ९४० जना हामीले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको अवस्था छ । साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन् ।

रकमतर्फ हामीले हेर्ने हो भने ५ करोड ४१ लाख भन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या अहिले उक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरूको सङ्ख्या पनि ठुलो छ । बैङ्क खातामा अनधिकृत पहुँच पु¥याइ रकम ठगी गर्ने क्रम बढेको छ ।

उनले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?