जोडिनुहोस
  • होमपेज
  • माओवादी शक्तिहरु एकताबद्ध भएर २०६४ को भन्दा बलियो शक्ति बन्दैछौं: प्रचण्ड

माओवादी शक्तिहरु एकताबद्ध भएर २०६४ को भन्दा बलियो शक्ति बन्दैछौं: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र सबै माओवादीहरु एकै ठाउँमा आउने दाबी गरेका छन् । पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेको बताए ।

उनले भने, ‘हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो । हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो । हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । अहिले पनि प्रतिक्रियावादी जाली, फटाहाहरुको त्यही नीति छ, जुन जनयुद्धकालमा थियो । अहिले पनि त्यही डिजाइनअनुसार अघि बढिरहेका छौं ।’

उनले माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न निर्देशन दिए । प्रचण्डले अहिले माओवादी शक्तिहरु एकताबद्ध भएपछि २०६४ को भन्दा बलियो शक्ति बन्ने जिकिर गरे ।

माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको उनको भनाइ छ । अहिले राज्यको बागडोरको नेतृत्व आफैंले गरिरहेको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘यो पटक हामीले चुनौतीपूर्ण अवसरमा राम्रो काम गरिरहेका छौं । त्यो कुरा अरुलाई पचिरहेको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका