जोडिनुहोस
  • होमपेज
  • फ्रान्सेली विद्यालयमा अबाया लगाउन प्रतिबन्ध

फ्रान्सेली विद्यालयमा अबाया लगाउन प्रतिबन्ध

काठमाडौं । फ्रान्सका सरकारी विद्यालयमा छात्राहरुलाई अबाया लगाउन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका शिक्षामन्त्रीले सो जानकारी दिएका हुन् ।

सामान्यतया केही मुस्लिम महिलाहरूले अबाया लगाउँछन्। यो बुर्का जस्तो देखिन्छ तर यसमा महिलाको अनुहार छोपिएको हुन्न। यो नियम सेप्टेम्बर ४ बाट सुरु हुने विद्यालयको नयाँ सत्रमा लागु हुनेछ ।

सन् २००४ देखि फ्रान्सेली सार्वजनिक विद्यालयहरूमा हेडस्कार्फ लगाउन प्रतिबन्ध लगाइएको छ।

शिक्षा मन्त्री गाब्रिएल अट्टलले फ्रान्सको TF1 टिभीलाई भने, “जब तपाईं कक्षाकोठामा जानुहुन्छ, मानिसहरूले आफ्नो धर्मलाई हेरेर मात्रै पहिचान गर्छन् भन्ने अवस्था हुनु हुँदैन। मैले अब विद्यालयहरूमा अबाया लगाउन नपाइने निर्णय गरेको छु।”

फ्रान्सेली विद्यालयमा अबाया लगाउने विषयमा महिनौंदेखि चलिरहेको बहसका बीच सरकारले यो कदम चालेको हो ।

अबाया लगाउनेको संख्या बढ्दै गएको देखेर देशका प्रमुख राजनीतिक दलले यस विषयमा फरक–फरक अडान लिएका छन् । दक्षिणपन्थी दलहरूले अबायामाथि प्रतिबन्ध लगाउने कुरामा जोड दिइरहेका बेला वामपन्थी दलहरूले यो प्रतिबन्धका कारण मुस्लिम महिला तथा बालिकाको अधिकार हनन भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

सन् २०१० मा फ्रान्सले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो, जसका कारण त्यहाँ बसोबास गर्ने ५० लाख मुस्लिम समुदायमा ठूलो आक्रोश थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका