जोडिनुहोस
  • होमपेज
  • ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा

ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले ललितपुरको साबिक टीकाथली गाविस–६, कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ को विभिन्न कित्ताहरू कायम गर्ने क्रममा तोकेको क्षेत्रफलभन्दा कम हुने गरी कानुन विपरीत कित्ताकाट गरेको आरोप रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नम्बर २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी नक्सामाभन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरिएको छ । कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले कानुन विपरीत लिखत पारित गरेको आरोप लागेको छ ।

राउसाई होल्डिङ्गस् प्रा। लि।, ललितपुर महानगरपालिका २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठले जग्गा बेच्ने क्रममा नापी कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव पारी गलत लिखत तयार पारेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ । आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका