जोडिनुहोस
  • होमपेज
  • घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१–००१ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका