जोडिनुहोस
  • होमपेज
  • टाइटानिक पनडुब्बी विस्फोट, सवार पाँचै जनाको मृत्यु !

टाइटानिक पनडुब्बी विस्फोट, सवार पाँचै जनाको मृत्यु !

काठमाडौँ । हराइरहेको टाइटन पनडुब्बी सम्भावित विस्फोट भएको र यसमा सवार पाँच जनाको मृत्यु भएको बताइएको छ ।

अमेरिकन कोस्ट गार्डले विस्फोटपछि पनडुब्बीको भग्नावशेष एट्लान्टिक महासागरको सतहभन्दा ४०० माइल तल टाइटानिक नजिक भेटिएको भन्दै यसमा सवार पाँचै जनाको मृत्यु भएको बताएको छ ।

अमेरिकी कोस्ट गार्डका आर एडमिरल जोन माउगरले पत्रकारहरूसँग कुरा गर्दै पनडुब्बीमा सवार व्यक्तिहरूप्रति समवेदना दिएका थिए ।

रियर एडमिरल जोन माउगरले विस्फोट कहिले भयो भन्ने कुरा भन्न अहिले नसकिने भन्दै यसबारे अझै धेरै प्रश्नहरू रहेको र यसको उत्तर खोज्न बाँकी रहेको बताएका छन् । अमेरिकी कोस्ट गार्डले यो जानकारी सार्वजनिक गरेपछि पनडुब्बी खोज्ने बहुदेशीय अभियान समाप्त भएको छ ।

पनडुब्बीमा बिहीबार साँझसम्म मात्रै अक्सिजन थियो । टाइटानिकको भग्नावशेष नजिकबाट रेकर्ड भएका आवाजका आधारमा खोजीको दायरा बढाइएको थियो र अमेरिकी राज्य कनेक्टिकट भन्दा दोब्बर ठूलो क्षेत्रमा फेला परेको छ । कनेक्टिकटको क्षेत्रफल १३,०२३ वर्ग किलोमिटर छ ।

रोयटर्सका अनुसार पनडुब्बीलाई नेपाली समय अनुसार आइतबार साँझ ५स् ४५ बजे एट्लान्टिक महासागरमा छोडिएको थियो । यसमा ९६ घण्टासम्मका लागि अक्सिजन रहेको थियो ।

बीबीसीले भने पनडुब्बीमा अक्सिजनको अभाव मात्र समस्या नभएको बताएको छ । पानीमा बस्दा त्यसमा विद्युत आपूर्ति बन्द भएको हुनसक्ने सम्भावना रहेको बताइएको छ । यदि यस्तो भयो भने, अक्सिजन र कार्बन डाइअक्साइडबीच सन्तुलन सिर्जना गर्न असम्भव हुने बताइएको छ । न्यूयोर्क टाइम्सका अनुसार टाइटन पनडुब्बी मात्र २२ फिट लामो छ, जसमा बस्न सिट छैनन् ।

यसअघि बुधबार क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको थियो । यो आवाज टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै रेकर्ड गरिएको थियो । आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो ।

पनडुब्बीमा बेलायती अर्बपति हमिस हार्डिङ, फ्रान्सेली गोताखोर पल–हेनरी, पाकिस्तानी–बेलायती व्यापारी प्रिन्स दाउद, उनका छोरा सुलेमान र ओशनगेट कम्पनीका सीईओ स्टकटन रश रहेका थिए । यो टाइटन पनडुब्बीको मालिक ओशनगेट कम्पनी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका