जोडिनुहोस
  • होमपेज
  • न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित

न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित

काठमाडौं । घरेलु टोली युएईले टेस्ट टोली न्युजिल्यान्डमाथि दोस्रो टी-ट्वान्टी आई खेलमा ऐतिहासिक जित हात पारेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार राती भएको खेलमा युएई ७ विकेटले विजयी भएको हो ।

जितसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ । युएईले कुनै पनि फम्र्याटको खेलमा पहिलो पटक न्युजिल्यान्डलाई पराजित गरेको हो ।

न्युजिल्यान्डले दिएको १ सय ४३ रनको लक्ष्य युएईले १५ दशमलब ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

युएईको जितमा कप्तान मोहम्मद वासिमले २९ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले ।

पहिलो खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका युवा ओपनर अर्यांश शर्मा पहिलो ओभरमै शुन्यमा आउट भए ।

आसिफ खान २९ बलमा ५ चौका र १ छक्कासहित ४८ रनमा अविजित रहे । वृत्य अरविन्द २१ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए ।

न्युजिल्यान्डका टिम साउथी, मिचेल सान्टनार र काइल जेमिसनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १ सय ४२ रन बनाएको थियो ।

न्युजिल्यान्डका युवा ब्याटर मार्क च्यापम्यानले ४६ बलमा ३ चौका र ३ छक्कासहित ६३ रनको अर्धशतकीय ईनिङ खेले पनि जितको लागि पर्याप्त हुन सकेन ।

च्यापम्यान बाहेक कुनैपनि न्युजिल्यान्डका ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन्

युएईका लागि आयन खानले ३ तथा मोहम्मद जवादुल्लाहले २ विकेट लिए ।

अली नासिर, जहुर खान र मोहम्मद फराजुदीनले समान १/१ विकेट लिए । दुई देशबीचको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका