जोडिनुहोस
  • होमपेज
  • असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजान प्रतिबन्ध

असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजान प्रतिबन्ध

काठमाडौं।बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले असोज १ गतेबाट उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजान प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सोमबार समितिका संयोजक श्रीराम ढुंगानाले उपत्यकाको फोहोरमैला घरबस्तीमा लान बन्द गर्ने अभियानमा लाग्नु पर्ने बाध्यकारी परिस्थिति आएको बताए ।

उनले काठमाडौं महानगर र उपत्यकाका अन्य पालिकासमेतको संयुक्त षड्यन्त्रद्वारा प्राविधिकलाई आफ्नो एकाधिकार सामेल गराएर नकारात्मक प्रभाव परेको क्षेत्रमा कुनै प्रभाव नरहेको भन्ने काल्पनिक प्रतिवेदन तयार गर्न लगाएको जिकीर गरे ।

उक्त क्षेत्रमा आम नरसंहार, मानव अस्तित्व समाप्त गराउने भीषण योजनामा महानगर लागेको भन्दै फोहोरमैला प्रवेश गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको पनि ढुंगानाले बताए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विगत २०५१ भदौ २८ गते स्थानीय विकास मन्त्रालय काठमाडौं महानगर, ललितपुर समेतले ओखरपौवा र चाउथेका जनप्रतिनिधिसमेतको संयुक्त बैठकमा गरेको सहमति र निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ ।

ल्याण्डफिल साइटमा अटेर गरी प्रवेश गराएमा, विषम परिस्थिति सृजना गराई दुर्घटना गराए सरकार, काठमाडौं महानगर र उपत्यकाका अन्य नगरपालिका त्यसका योजनाकारहरू फोहोरमैला ढुवानीमा प्रयोग भएका सवारी धनी तथा चालक जिम्मेवार हुनु पर्ने भन्दै स्थानीय नागरिक जवाफदेही नहुने चेतावनी समितिले दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका