जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित

सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको छ । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०।१ ओभरमा १६५ रनमा अलआउट भयो । सुदूरका लागि किरन ठगुन्नाले सर्वाधिक ६८ रन बनाए । शेर मल्लले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । आर्मीका लागि जितेन्द्र मुखियाले ५ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा भन्द बसिर अहमद, शाहब आलम र कुशल मल्लले समान १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८।३ ओभरमा २६२ रनमा अलआउट भयो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । बसिर अहंमद ३६ रनमा आउट भए । सुदूरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । नरेन साउदले ३ र बिकाश आग्रीले १ विकेट लिए । जारी प्रतियोगितामा आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका