जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढेर आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका