जोडिनुहोस
  • होमपेज
  • चीनको आर्थिक मन्दीका कारण अन्तर्राष्ट्रिय समुदाय, लगानीकर्ताहरु चिन्तित

चीनको आर्थिक मन्दीका कारण अन्तर्राष्ट्रिय समुदाय, लगानीकर्ताहरु चिन्तित

बेइजिङ— सीएनएनका अनुसार चीनको आर्थिक मन्दीले अन्तर्राष्ट्रिय नेताहरू र लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ। पछिल्लो समय, विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन समस्यामा परेको छ।

हङकङको हाङ सेङ सुचकांकमा २० प्रतिशतभन्दा बढीले अंकले गिरावट आएको छ ।

चिनियाँ युआन पनि , १६ वर्षमा सबैभन्दा धेरै अवमूल्यन भएको छ ।

चीनमा उपभोक्ता मूल्यहरू घट्दै छन्, घर जग्गाको संकट गहिरो हुँदै गइरहेको छ र निर्यात मन्दीमा छ। सिएनएनका अनुसार युवाहरूमा बेरोजगारी यति डरलाग्दो छ कि सरकारले तथ्याङ्क प्रकाशित गर्न बन्द गरेको छ।

चीनमा एक प्रमुख घर निर्माणकर्ता र एक प्रमुख लगानी कम्पनीले हालैका हप्ताहरूमा आफ्ना लगानीकर्ताहरूलाई भुक्तानी गर्न असमर्थ भएका छन् । आवास बजारको निरन्तर गिरावटले वित्तीय स्थिरतामा उच्च जोखिम निम्त्याउन सक्छ भन्ने डरलाई सबैतिर छाउन थालेको छ ।

चीनले आफ्नो आधिकारिक वृद्धि लक्ष्य लगभग ५ दशमलव ५ प्रतिशत भेटाउन मुश्किल पर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका