जोडिनुहोस
  • होमपेज
  • कप्तान भन्छन् – सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं

कप्तान भन्छन् – सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले दिने भनेको पुरस्कार अझै नपाएको बताएका छन् ।

एसियाड गेम्समा भाग लिन आइतबार चीन जानुअघि काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सो कुरा बताएका हुन् ।

उनले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनको भनाइ छ ।

एसियन गेम्सलाई लिएर सबैजना उत्साहित रहेको उल्लेख गर्दै उनले आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका