जोडिनुहोस
  • होमपेज
  • धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ

काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घर तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी बिपिन गौतमले घटनामा संलग्न एक जनालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए पनि उनको नाम भने सार्वजनिक गर्न मानेनन् ।

‘आक्रमणमा संलग्न एकजना पक्राउ परेका छन्, अन्यको खोजी भइरहेको छ,’ एसपी गौतमले भने, ‘हामी उनीहरूलाई पनि चाँडै पक्राउ गर्ने छौँ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि उनले बताए । राजनीतिक कारण भन्दा अन्य विवादको कारण उपमेयर बेघाको घरमा तोडफोड भएको अनुमान प्रहरीले गरेको छ । धरान उपमहानगरपालिका-१५ स्थित खिरिया बस्तीमा पुगेर मंगलबार एक समूहले बेघाको घरमा तोडफोडसहित आक्रमण गरेको थियो।

तोडफोडबाट बेघाको घरको झ्यालका शिशाहरु फुटेको छ । बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको समूहले घर तोडफोड गरेको हो । घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरी इलाका प्रहरी कार्यालय धरानका डीएसपीले बेवास्ता गरेको आरोप बेघाले लगाएका छन् ।

एसपी गौतमले भने बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन गरिने बताए । उपप्रमुख बेघाले पनि राजनीतिक कारणले नभइ व्यक्तिगत कारणले आफ्नो घरमा तोडफोड भएको बताएका छन् । बेघाका कान्छा भाइ विष्णुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका