जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाले गर्‍यो छोटो दूरीका दुई मिसाइल प्रहार

उत्तर कोरियाले गर्‍यो छोटो दूरीका दुई मिसाइल प्रहार

काठमाडौं।उत्तर कोरियाले छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेलगत्तै कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

दुई नेताबीच रुसको भोस्टोचनी कस्मोड्रोममा भएको भेटर्वार्ता हो ।

रुसको सरकारी समाचार एजेन्सी आरआईएले भनेको छ,‘पुटिनको आगमनको खबर पाएको केही मिनेटपछि नै किम बुधबार बिहान रुसको पूर्वी अमुर क्षेत्रको कस्मोड्रोममा आइपुगेको थिए । क्रेमलिनले उपलब्ध गराएको भिडिओअनुसार उनीहरूले भेटेर हात मिलाएका थिए ।’

रुसको सरकारी मिडियाका अनुसार किमले व्यस्तताका बाबजुत पनि रुस भ्रमणको निमन्त्रणा गरेको भन्दै पुटिनलाई धन्यवाद दिए ।

उत्तर कोरियाली नेताको साथमा सैन्य र हतियार उद्योगका शीर्ष अधिकारीहरू छन् । किम–पुटिन वार्ताले सम्भावित हतियार बिक्रीलाई मूर्तता दिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका