जोडिनुहोस
  • होमपेज
  • हिमाल आरोहणबाट हालसम्म ७३ करोड ५४ लाख ६० हजार ९ सय ३ रुपैयाँ रोयल्टी उठ्यो

हिमाल आरोहणबाट हालसम्म  ७३ करोड ५४ लाख ६० हजार ९ सय ३ रुपैयाँ रोयल्टी उठ्यो

काठमाडौं : सरकारले हिमाल आरोहणबाट हालसम्म  ७३ करोड ५४ लाख ६० हजार ९ सय ३ रुपैयाँ जम्मा गरेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाका अनुसार बुधबार अपरान्हसम्म यो रोयल्टी जम्मा भएको हो।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ।  अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो। निर्देशक खतिवडाका अनुसार अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्नेछ।

सगरमाथाको वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिलाले अनुमति लिइसकेका छन्। यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन्। दोस्रोमा अमेरिकी छन्। ८७ जना अमेरिकीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।

एक पटक जारी भएको आरोहण अनुमति ७५ दिनसम्म कायम रहन्छ। अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधार शिविर पुगिसकेको खतिवडाले बताए। आरोहीका चापका कारण सोलुखुम्बुको नाम्चेमा होटल भरिभराउ रहेको होटल सञ्चालक छिमिकाल्देन शेर्पाले जानकारी दिए।

यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड ३ लाख ६७ हजार २ सय १९ रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ। रोयल्टी पनि ७० वर्षे इतिहासकै सबैभन्दा बढी भएको निर्देशक खतिवडाले जानकारी दिए।

६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन्। यीमध्ये ८ सय ७ पुरुष र २ सय ३९ महिला छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका