जोडिनुहोस
  • होमपेज
  • एसिया कप : उपाधीका लागि भारत र श्रीलंका खेल्दै

एसिया कप : उपाधीका लागि भारत र श्रीलंका खेल्दै

काठमाडौं । डिफेन्डिङ च्याम्पियन श्रीलंका र भारबीच आज आईतबार एसीसी एसिया कप क्रिकेटको फाइनल हुँदैछ ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन यस संस्करणको समेत उपाधी जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो ।

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।

यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।

श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।

भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गरेको थियो ।

फाइनल खेल वर्षाका कारण रद्द भएमा सोमबार रिजर्भ डेको व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका