जोडिनुहोस
  • होमपेज
  • भूकम्पमा डेढ सयको मृत्यु हुँदा पनि सरकारले मनाएन शोक दिवस

भूकम्पमा डेढ सयको मृत्यु हुँदा पनि सरकारले मनाएन शोक दिवस

काठमाडौं । गत वर्ष पुसमा पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । ७२ जनाको मृत्यु भएलगत्तै सरकारले शोक दिवस मनाएको थियो । ६८ यात्रु र चालक दलका चार सदस्य लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

गत असोजमा इजरायलमा हमास विद्रोहीले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मारिए । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत त्यहाँ पुगेका नेपाली विद्यार्थी मारिएपछि सरकारले शोक दिवस मनायो । तत्काल मन्त्रिपरिषद् बैठक बसेर सरकारले यस्तो निर्णय गरेको थियो ।

तर गत शुक्रबार मध्यराति जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्प गयो । जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भयो । साढे तीन सयभन्दा बढी घाइते भए । ३५ हजारभन्दा बढी घरबारविहीन बने । तर सरकारले एक दिन पनि ती मृतक जाजरकोटवासी र रुकुम पश्चिमवासीेको नाममा शोक दिवस मनाएन ।

विदेशमा सयभन्दा बढी प्राकृतिक विपत्तिबाट मृत्यु भएमा शोक दिवस मनाउने चलन छ । तर यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यो विषयमा ध्यान दिन सकेको देखिएन । ७२ जना स्वदेशी विदेशी मृत्यु हुँदा शोक दिवस मनाउने सरकारले डेढ सय नेपालीले भूकम्पमा ज्यान गुमाउँदा शोक दिवस नमनाउनुलाई विवेकहीनको संज्ञा दिइएको छ ।

धेरैले सरकारले यस्ता विषयमा ध्यान दिन नसकेको हुन सक्ने पनि विश्लेषण गरेका छन् । यसपटक धेरैचोटि मन्त्रिपरिषद् बैठक बस्दा पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका