जोडिनुहोस
  • होमपेज
  • दशैँका लागि नयाँ नोट वितरणको तयारी, साढे १८ हजारसम्म साट्न पाइने

दशैँका लागि नयाँ नोट वितरणको तयारी, साढे १८ हजारसम्म साट्न पाइने

नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरणको तयारी गरेको छ । बैंकले असोजको अन्तिम सातादेखि नयाँ सुकिला नोट साट्ने व्यवस्था हुने जनाइएको छ । केन्द्रीय बैंकका अनुसार अघिल्ला वर्ष झै प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिनेछ । बैंकले अहिले नोट कति आवश्यक पर्ने हो भन्ने बारे विवरण संकलन गरिरहेको जनाइएको छ । विवरण संकलन पश्चात् राष्ट्र बैंकले सर्वसाधारण तथा बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउनेछ । सर्वसाधारणले रु ५, रु १०, रु २०, रु ५० र रु १०० दरका एक–एक बन्डल गरि कुल १८ हजार पाँच सय रुपैयाँ सटही गर्न पाउनेछन् । दशैँका बेला दक्षिणा, पुजापाठ आदि कार्यका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन रहिआएको छ । यसैगरी बैंकले यसपटक नोट सटही कार्यलाई सहज बनाउन क्युआर मार्फत नै भुक्तानी गर्न मिल्ने व्यवस्था पनि गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका