जोडिनुहोस
  • होमपेज
  • अमेरिका पुगेका नेपालीः लुक्ने भन्दा फर्कने बढी

अमेरिका पुगेका नेपालीः लुक्ने भन्दा फर्कने बढी

गएको वर्ष १ हजार ६ सय १ नेपाली अमेरिकामा पुगेर उतै लुकेको तथ्य सार्वजनिक भएको छ । यो तथ्याङ्क अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको हो । उनिहरु पर्यटक भिसामा अमेरिका पुगेर ओभरस्टे गरेको तर अन्य कुनै स्टाटस परिवर्तन नगरेर अमेरिकामै लुकेका हुन् ।

तथ्याङ्क अनुसार यस मध्य २ सय ८ जना नेपाली भने केही समय ओभर स्टे भएर पनि अमेरिकामा लामो समयसम्म लुकेर नबसी नेपाल फर्किएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा १४ हजार ६ सय ९९ जना नेपाली पर्यटक भिसामा अमेरिका पुगेका थिए ।

उनीहरूमध्ये अमेरिका लुक्नेको संख्या १०.८९ प्रतिशत मात्र हो । यो संख्या गत वर्षको भन्दा झण्डै ११ गुणा बढी हो । सन् २०२१ मा तीनहजार पाँचसय ७ नेपाली पर्यटक भिसामा अमेरिका पुगेकोमा १ सय ४६ जना मात्रै लुकेका थिए । केही समययता नेपाली समाजमा सामान्यतः अमेरिका पुगेका नेपाली फर्कदैन भन्ने भनाई छ । तर, यथार्थमा त्यस्तो नभएको अमेरिकी सरकारको यो आधिकारिक तथ्यांकले पुष्टी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका