जोडिनुहोस
  • होमपेज
  • महाअभियोगबारे बोले वाइडेन

अन्तर्राष्ट्रिय

महाअभियोगबारे बोले वाइडेन

महाअभियोगबारे बोले वाइडेन

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ ।

अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भनेको छ।

जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि बाइडेन पत्रकारहरूको प्रश्नमा मौन रहेिदिएका छन । बाइडेनका प्रवक्ताले भने कि यो अनुसन्धान बाइडेनका राजनीतिक शत्रुहरूको काम हो।

अमेरिकी राष्ट्रपतिका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूसँग भने, ‘उनीहरू (रिपब्लिकन) ले राष्ट्रपतिमाथि अनुसन्धान गर्न पूरै वर्ष बिताए र कुनै प्रमाण फेला पारेनन्। राष्ट्रपतिले केही गलत गरेनन् ।’

जीन पियरेले थप भने, ‘रिपब्लिकनहरूसँग सदनमा पर्याप्त समर्थन पनि छैन। यो राजनीतिक षड्यन्त्र मात्रै हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका