जोडिनुहोस
  • होमपेज
  • हवाई सुरक्षामा लापरबाही गरेपछि दुई कम्पनीका तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

हवाई सुरक्षामा लापरबाही गरेपछि दुई कम्पनीका तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले फिस्टेल एयरका दुईवटा र श्री एयरको एउटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले दुईवटा वायुसेवा कम्पनीका तीनवटा एएस ३५० बी ३ ईु प्रकृतिको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका अनुसार भीएफआर उडानको नियम उल्लंघन गरेपछि श्री र फिस्टेल एयरका  एएस ३५० बी ३ ईु प्रकृतिका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको हो ।

यी दुई कम्पनीले एउटा मात्रै हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याडमा जबरजस्ती दुईवटा हेलिकप्टर राखेको र एकसय मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडान गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका