जोडिनुहोस
  • होमपेज
  • पहिरोका कारण वालिङका ५ परिवार विस्थापित

पहिरोका कारण वालिङका ५ परिवार विस्थापित

अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ ।विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका