जोडिनुहोस
  • होमपेज
  • यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना

यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको हो । विदेशीको नाम भने खुलाइएको छैन । अख्तियारले सबैमाथि १ अर्ब ४७ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ । तत्कालीन सञ्चालक समितिका सदस्यहरू शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसार लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे सहसचिव जीवनप्रकाश सिटौलालाई प्रतिवादी बनाइएको छ । त्यसैगरी, सञ्चालक समितिका अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरी शर्मा, जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभासकुमार आचार्य, निर्देशक गणेशबहादुर चन्द, कामु निर्देशक कर्णबहादुर थापा र निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजाललाई समेत प्रतिवादी बनाई आरोप पत्र दायर गरिएको छ ।

निगमका नायव महाप्रबन्धक रमेशबहादुर शाह, निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, उमेश पौडेल र वृहतमान तुलाधरमाथि पनि बाइडबडी भ्रष्टाचारको आरोप लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका