जोडिनुहोस
  • होमपेज
  • बझाङमा भूकम्पको क्षतिबारे नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

बझाङमा भूकम्पको क्षतिबारे नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सुदूरपश्चिमका नेताहरुले बझाङमा गएको भूकम्पबाट भएको क्षति विवरण तथा राहत उद्दार व्यवस्थापनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे नेताहरुले बझाङमा भूकम्प क्षतिबारे प्रधानमन्त्री प्रचण्डलाई बिफ्रिङ पनि गरेका हुन् ।

बझाङका सांसद भानुभक्त जोशी, अछाम १ का सांसद शेखरबहादुर कुँवर र कांग्रेस नेता नैनसिंह महरको टोलीले प्रधानमन्त्रीलाई बझाङमा भूकम्पपछिको अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष अवलोकन गरि राहत, उद्दार र पुनर्निर्माणमा कुनै कसर बाँकि नराख्ने वचन दिएको नेता महरले बताए । मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ ।

भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका