जोडिनुहोस
  • होमपेज
  • सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

अन्तर्राष्ट्रिय

सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

  • Sagarmatha TV
  • शुक्रबार, अशोज १९, २०८०
सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

वाशिङ्टन – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिक रूपमा समर्थन गरेका छन् ।

उनले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गरेका हुन् ।

“ओहायोको चौथो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै वासिङ्टन डिसीको सफल यात्रा सुरु गर्नुभन्दा धेरै अघिदेखि नै जिम जोर्डन स्टार थिए”, ट्रम्पले आफ्नो साइट ट्रुथ सोसलमा लेखेका छन्, “उनी सदनको एक महान सभामुख हुनेछन् र मेरो उनलाई पूर्ण समर्थन छ ।”

टेक्सासका रिपब्लिकन सांसद टोरी नेहल्सले बिहीबार राति जोर्डनको सभामुख पदको उम्मेदवारीलाई ट्रम्पले समर्थन गरेको बताएको केही घण्टापछि उक्त घोषणा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका