जोडिनुहोस
  • होमपेज
  • शिक्षक सरूवाको विरोधमा विद्यार्थीको प्रदर्शन, ६ जना घाइते

शिक्षक सरूवाको विरोधमा विद्यार्थीको प्रदर्शन, ६ जना घाइते

काठमाडौं । शिक्षक सरुवाको विषयमा पर्साको विन्दवासिनी गाउँपालिका घेर्न पुगेका विद्यार्थीहरुमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको छ ।

आइतबार शिक्षक सरुवाको विरोधमा बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयका विद्यार्थीहरु गाउँपालिका घेर्न पुगेका बेला प्रहरीले हस्तक्षेप गरेको हो । प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठीचार्ज गर्दा ६ विद्यार्थी घाइते भएका छन् ।

कृष्ण मुखिया, विशाल कुमार यादव, अरविन्द पटेल, नीरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव प्रहरीले गरेको लाठ्ठी चार्जबाट घइते भएका हुन् । लाठ्ठ्री चार्जबाट दुई जनाको टाउँको फुटेको र दुई जनाको हात र खुट्टामा चोट लागेको जनाइएको छ ।

गाउँपालिकाले स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवा गरेपछि शिक्षकको सरुवाले अध्ययनमा बाधा पुगेको भन्दै प्रर्दशनमा उत्रिएका थिए । प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुले सररुवा गरेका शिक्षकहरुलाई फिर्ता ल्याउन कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुले माग गरेका छन् । पर्दशनमा क्रममा झडपको अवस्था सिर्जना भएपछि प्रहरी प्रशासन र गाउँपालिका अध्यक्ष विरुद्ध नाराबाजी गरिरहेका विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले समस्या समाधानका लागि विद्यार्थीलाई वार्तामा बोलाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका