जोडिनुहोस
  • होमपेज
  • इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक घोषणा,यस्ता छन् क्याविनेटका निर्णय

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक घोषणा,यस्ता छन् क्याविनेटका निर्णय

काठमाडौं ।इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले १०र१० लाख राहत दिने निर्णय पनि गरेको छ ।बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न दूतावासलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

यस्तै नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हमासको आक्रमणमा अहिलेसम्म ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको छ भने थाइल्याण्डका १२ र १० नेपाली नागरिकसहित २४ विदेशी नागरिकको मृत्यु भएको जनाइएको छ । त्यसैगरी इजरायलको आक्रमणमा अहिलेसम्म गाजापट्टीमा ४०० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका