जोडिनुहोस
  • होमपेज
  • महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी

महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षपछि नेताका जिम्मेवारी बाँडफाँट हुँदैछ । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गरिए पनि नेताको जिम्मेवारी बाँडफाँट भएको थिएन ।

बुधबार पदाधिकारी बैठकपश्चात् बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी टुंगो लाग्ने भएको छ । मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको छ ।

११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न भएको थियो ।

त्यसपछिको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्‍यो । धेरै छलफल र बैठकपश्चात् पदाधिकारी चयन भए पनि अहिलेसम्म केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन ।

महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।

राजधानी दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका