जोडिनुहोस
  • होमपेज
  • मोसो दल्नु नेपाली संस्कार–संस्कृति होइन ; सांसद केसी

मोसो दल्नु नेपाली संस्कार–संस्कृति होइन ; सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिन नहुने बताउनुभएको छ । आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको बताउनुभयो । अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्न नहुने सांसद केसीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को गरी विचलनमा जाँदैछ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार–संस्कृति हो । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबैभन्दा राष्ट्रिय गौरवको विषय हो । संस्कार र संस्कृति विविधताबीचको एकता हाम्रो संस्कृति हो । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले मोसो दल्छु भन्यो र उसैलाई मोसो दल्नु पनि हाम्रो संस्कार र संस्कृतिको कुरा होइन ।’

सांसद केसीले महँगीले नागरिकको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका