जोडिनुहोस
  • होमपेज
  • कांग्रेस मधेस प्रदेश सम्मेलनमा निधिले किन गरे मञ्च बहिष्कार ?

कांग्रेस मधेस प्रदेश सम्मेलनमा निधिले किन गरे मञ्च बहिष्कार ?

नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनमा विमलेन्द्र निधिले मञ्च बहिष्कार गरेका छन् । कांग्रेसमा वरीयता विवाद भएपनि निधिले मञ्च बहिष्कार गरेका हुन् । कांग्रेस नेताहरूका अनुसार मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएपछि उनी दर्शकदीर्घामा बसेका हुन् । काग्रेस मधेस प्रदेशका अनुसार नेता डा। शेखर कोइराला भने दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमै गएका छैनन् । कांग्रेसमा १४ औँ महाधिवेशनपछि नेताहरूबीच वरीयताको विवाद छ । उनलाई आसन ग्रहणका लागि बोलाएपनि उनी मञ्चमा नबसिकन दर्शकदीर्घामै बसेर सम्मेलनमा सहभागी भए । कार्यक्रममा दोस्रो वरीयतामा पार्टीका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई आसन गराइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका