जोडिनुहोस
  • होमपेज
  • सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटना

काठमाडौं। मनाङ एअरको एनएएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन बिहान सवा सात बजे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइलट पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका