जोडिनुहोस
  • होमपेज
  • गठबन्धनको सरकार ढाल्ने हिम्मत कसैको पनि छैनः माधव नेपाल

गठबन्धनको सरकार ढाल्ने हिम्मत कसैको पनि छैनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धन स्थायी हुने बताए । वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धन स्थायी हुने भएकाले सरकार ढाल्ने हिम्मत कसैको पनि नभएको उल्लेख गरे ।

कोशी प्रदेश सरकारको विषयलाई लिएर सतहमा गठबन्धन टुट्ने हल्ला आएको भए त्यो असत्य भएको उनको भनाइ छ । अध्यक्ष पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले न्यायका समाजपरिवर्तनका लागि आवाज उठाइरहेकाले जनताको बलियो पाटी बनाउने समेत उदघोष गरे ।

नेपालमा बढीरहेको भ्रष्टाचारकोे अन्त्यका लागि समाजवादी पाटीले आवाज उठाइरहेकाले जनताको पाटीको रुपमा स्थापित हुने प्रयासमा रहेको समेत नेपालले बताए ।

अध्यक्ष नेपालले २०७४ मा दुई तिहाइको बहुमत ल्याएर जनताको भावनामा एमाले बस्न नसकेको समेत बताए । ओलीको घमण्डका कारण पाटी धुजा–धुजा हुने अवस्थामा रहेको पनि आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका