जोडिनुहोस
  • होमपेज
  • कीर्तिमान कायमः त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान–अवतरण

कीर्तिमान कायमः त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान–अवतरण

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा एकै दिन ११४ अन्तराष्ट्रिय उडान अवतरण गरेको छ ।
सोमबार अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलले ११४ वटा अन्तराष्ट्रिय विमान अवतरण गरेर कीर्तिमान कायम गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिलेसम्म कै ठूलो रेकर्ड हो । यस अघि कहिल्यै पनि यत्रो मात्रामा विमान उडान अवतरण भएको थिएन । सोमबार विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको थियो । अहिले नेपालमा चाडबाडको सिजन सुरु भए लगतै पर्यटकीय मौसम समेत सुरु भएको विमानस्थले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका