जोडिनुहोस
  • होमपेज
  • जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या ७०नाघ्यो

जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या ७०नाघ्यो

जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ७०नाघेको छ । पछिल्लो अपडेट अनुसार रुकुममा मात्र कम्तिमा ३८ जनाको मृत्यु भएको छ भने जरकोटमा ४०जनाको मृत्यु भएको छ ।

गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ ।

भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ ।

त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको प्रहरीले बताएको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका