जोडिनुहोस
  • होमपेज
  • गायक तामाङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

गायक तामाङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौँ । चर्चित ‘रकस्टार’ तथा अभिनेता रबिन तामाङको असामयिक निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । तामाङको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो ।

कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै पार्टी तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएका हुन् ।

‘‘दम मारो दम’, ‘केटा केटी’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘मेरो माया’ जस्ता चर्चित गीत मार्फत नेपाली ‘रक–पप’ सङ्गीतलाई पहिचान र उचाईमा पुर्‍याउन उहाँले महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँको निधनबाट नेपाली ‘रक–पप’ सङ्गीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका