जोडिनुहोस
  • होमपेज
  • ५ वर्षमा ५ खर्ब रुपैयाँको सफ्टवेयर निर्यात गर्न सरकारले सहजीकरण गर्दैछ ; अर्थमन्त्री

५ वर्षमा ५ खर्ब रुपैयाँको सफ्टवेयर निर्यात गर्न सरकारले सहजीकरण गर्दैछ ; अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्नका लागि सूचना प्रविधि आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री पुनले गएको आर्थिक वर्षमा मात्रै ७६ अर्ब रुपैयाँ बराबरको सफ्ट्वेयर निर्यात भएको भन्दै आईटी क्षेत्रलाई सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले युवालाई देशभित्र स्वरोजगार बनाउने र विदेश पलायन हुनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरू ल्याउने दाबी गर्नुभयो । आउँदो पाँच वर्षमा नेपालले पाँच खर्ब रुपैयाँ बराबरको सफ्टयेर निर्यात गर्नसक्ने अवस्था रहेको र त्यहीअनुसार आईटीमा लगानी गर्ने योजना रहेको अर्थमन्त्री पुनले बताउनुभयो ।

आईटी क्षेत्रले युवा विदेश पलायन हुने डरलाग्दो अवस्थालाई रोक्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्ररुपमा निर्यात गर्नसक्ने भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । सरकारले आईटी क्षेत्रबाहेक कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर समय अनुकूल सुधार गर्ने अर्थमन्त्रीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका