जोडिनुहोस
  • होमपेज
  • भूकम्पपीडितलाई ठूलीभेरी नगरपालिकाद्धारा पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग

भूकम्पपीडितलाई ठूलीभेरी नगरपालिकाद्धारा पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद रु पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद रु पाँच लाख र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए । स्थलगत उद्धारमा समेत सहभागी भएका छन् ।

विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख बुढाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका