जोडिनुहोस
  • होमपेज
  • भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीबाट प्रधानमन्त्रीलाई १ करोडको चेक हस्तान्तरण

भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीबाट प्रधानमन्त्रीलाई १ करोडको चेक हस्तान्तरण

गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । भूकम्प पीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग स्वरूपको चेक ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रुपमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका