जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि पेस गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि पेस गरिँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि पेस गर्ने तयारी छ ।

विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिइसकेपछि आजको बैठकमा बजेट पारितका लागि पेस गरिने छ ।

आजको बैठकमा बिनियोजन विधेयक २०८० माथि उठेका प्रश्रको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयलगायत कार्यालयमा छुटाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका